प्रदेश १ का मुख्यमन्त्री राई वैवाहिक जीवनमा बाँधिए

प्रदेश १ का मुख्यमन्त्री राई वैवाहिक जीवनमा बाँधिए

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई   आईतबार  वैवाहिक   जीवनमा बाँधिएका छन् । आइतबार उनले जाङ्मु शेर्पासँग विवाह गरेका हुन् ।

काठमाडौंस्थित एक पार्टी प्यालेसमा भएको विवाह समारोहमा नेकपाका सीमित नेता र आफन्त सहभागी थिए । ४९ वर्षका बेहुला र २३ वर्षकी बेहुली किराती समुदायको परम्परागत भेषभुषामा सजिएका थिए ।

राईको पुख्यौंली घर भोजपुर हो भने शेर्पाको संखुवासभा हो । काठमाडौंमा हुर्केबढेकी शेर्पाको आमाबाबु हाल अमेरिकामा बस्दै आएका छन् । उनी मोडल समेत हुन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार