लालमटियामा नेकपा ओली पक्षको बृहत जनसभा (तस्बीरमा हेर्नुहोस)

लालमटियामा नेकपा ओली पक्षको बृहत जनसभा (तस्बीरमा हेर्नुहोस)

लमही । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको भालुवाङ लालमटियामा नेकपा ओली समुहको बृहत जनसभा सम्पन्न भएको  छ । सोमबार दाङको लालमटियामा आयोजित वृहत जनसभालाई सम्बोधन गर्दै  प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले जनताको साथ लिएर देश बनाउने दावी गरेका छन्।

प्रधानमन्त्री ओलीले भने, ‘म असफल भएर केही हुँदैन। देश असफल हुनु हुँदैन। जनता असफल हुनु हुँदैन। हामीले प्राप्त गरेका उपलब्धीहरु गुम्न दिन हुँदैन।’ उनले आफू सधैँ शासनमा बसिरहन नखोजेको तर काम गर्न खोज्दा खोज्दै पनि कामै गर्न नदिने तत्वलाई दण्डित गर्न चुनावमा जाने घोषणा गरेको जिकिर गरे।

उनले भने- ‘म शासनमा बसिरहन्छु भन्या छैन। मलाई काम गर्न खोज्दा खोज्दै पनि कामै गर्न नदिने तत्वलाई दण्डित गर्न चुनावमा जाने घोषणा गरेको हुँ। त्यस्ता नेतालाई जनताले छानी छानी दण्डित गर्ने छन्।’ संसद जस्तो गरिमामय ठाउँमा झुक्किएर पनि कुतत्वहरुलाई जिताएर नपठाउन ओलीले आह्वान गरे।

जनसभालाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्बाङ, खानेपानी मन्त्री मणी थापा, नेकपाका केन्द्रीय सदस्य शान्ता चौधरी, प्रदेश सभा सदस्य रेवतीरमण शर्माले सम्बोधन गरेका छन्।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार