आज दिउँसो १ बजे कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

आज दिउँसो १ बजे कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज मंगलबार बस्दैछ । पुस १९ गतेको बैठकपछि पटक पटक स्थगित भएको केन्द्रीय समितिको बैठक पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्न लागेको हो ।

बैठकमा दोस्रो चरणको आन्दोलनको समीक्षा, थप आन्दोलनको कार्यक्रम, पार्टीको महाधिवेशन तयारी र प्रदेशमा पेश भएका अविश्वास प्रस्तावबारे छलफल हुने जनाईएको छ। प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्ने कि अदालतको निर्णय पर्खिने भन्ने अलमलका बीच बस्न लागेको केन्द्रीय समिति बैठकबाट आन्दोलनका थप कार्यक्रम तय गर्नुपर्नेमा पक्षमा धेरैजसो नेताहरु छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला लगायतका नेताहरु आन्दोलनको पक्षमा छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार