आज थप २१३ जनामा कोरोना संक्रमण पुष्टि

आज थप २१३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ ।  नेपालमा पछिल्लो २४ घण्टामा थप २१३ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ५८८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरमा १, ओखलढुङ्गामा १, मोरङमा १, सुनसरीमा १, सोलुखुम्बुमा १, सप्तरीमा १, काठमाडौँमा १०७, काभ्रेमा २, चितवनमा १५, दोलखामा १, धादिङमा २, भक्तपुरमा ६, मकवानपुरमा १, रसुवामा १ र ललितपुरमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै कास्कीमा १२, गोरखाका २, तनहुँमा ४, नवलपरासी पूर्वमा २, पर्वतमा १, लमजुङमा १, स्याङ्जामा १, अर्घाखाँचीमा ३, गुल्मीमा २, दाङमा १, नवलपरासीमा २, पाल्पामा ७, बाँकेमा ५, रुपन्देहीमा १०, जुम्लामा १ र बझाङमा ५ जना संक्रमित थपिएका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार