शुक्रबार सम्म ४६ हजारलाई कोरोना विरुद्वको खोप लगाइयो

शुक्रबार सम्म ४६ हजारलाई कोरोना विरुद्वको खोप लगाइयो

काठमाडौं । कोभिड–१९ विरुद्वको खोप लगाउने अभियान अन्तरगत तेस्रो दिनसम्ममा ४६ हजार भन्दा बढीलाई खोप लगाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार ७७ जिल्लाका १ सय ६९ खोप वुथबाट आज साँझसम्म ४६ हजार १ सय ९७ जनालाई खोप लगाइएको हो ।

जसमध्ये सबैभन्दा बढी बाग्मती प्रदेशमा १५ हजार ६ सय ४१ जनालाई खोप लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

मन्त्रालयका प्रवक्ता डां. जागेश्वर गौतमले जारी गरेको विज्ञप्ती अनुसार प्रदेश १ मा ७ हजार ३ सय ६९, प्रदेश २ मा ४ हजार ६ सय ५०, गण्डकीमा ७ हजार १ सय ५३, लुम्बिनीमा ६ हजार ६ सय ३५, कर्णालीमा २ हजार ९ सय ६६ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ७ सय ८३ जनालाई खोप लगाइएको छ ।

खोपपछि आइपर्ने घटनाको अनुगमन तथा व्यवस्थापन गर्नका लागि देशभरी नै विज्ञ चिकित्सक परिचालन गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका हरेक अस्पतालमा सम्भाव्य घटनाको व्यवस्थापनका लागि आवश्यक टीम तथा औषधीको व्यवस्थापन पनि गरिएको जनाइएको छ ।

आजसम्म खोप पाएका केहि व्यक्तिमा सामान्य असर देखिए पनि चिकित्सकको प्रतिवेदन अनुसार ती सबै व्यक्तिमा देखिएका असर केहि सयपछि आफै हराएर गएको पनि मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार