मुसिकोटमा १७३ जनालाई अपाङ्गता परिचय पत्र वितरण

मुसिकोटमा १७३ जनालाई अपाङ्गता परिचय पत्र वितरण

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले १ सय ७३ जनालाई अपाङ्गता परिचय पत्र वितरण गरेको छ । नगरपालिकाको महिला वालवालिका तथा जेष्ठ नागरिक शाखाले हालसम्म एक सय ७३ वटा अपाङ्ग परिचय पत्र बितरण गरेको जनाएको छ । वितरण गरिएका परिचय पत्र मध्य क वर्गको १७ वटा, ख वर्गको ४८ वटा, ग वर्गको ८६ वटा र घ वर्गको २२ वटा अपाङ्गता परिचय पत्र गरेका छन् ।

त्यसैगरि नगरपालिकाले जेष्ठ नागरिक परिचय पत्र पनि वितरण गरेको छ । ६० बर्ष उमेर माथीका ८६ जनालाई जेष्ठ नागरिकलाई परिचय पत्र पनि वितरण गरेको हो । हरेक महिनाको ६ गते उक्त सेवा दिने गरेको शाखाकी सहायक महिला निरिक्षक कमला मल्लले जानकारी दिनुभयो ।

उहाँका अनुसार नगरपालिका अन्तरगत महिला वालवालिका तथा जेष्ठ नागरिक शाखाले वडा कार्यालय र विद्यालयहरुको सहयोगमा अनाथ वालवालिकाहरुको तथ्याङ्क संकलन समेत गरेको छ । हालसम्म संकलित तथ्याङ्कमा ६६ जना अनाथ वालवालिकाहरु रहेका छन

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार