चितवनमा बन्दकर्ताले गरे चारवटा ट्रकमा तोडफोड

चितवनमा बन्दकर्ताले गरे चारवटा ट्रकमा तोडफोड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  प्रचण्ड–नेपाल पक्षले आयोजना गरेको बन्दका क्रममा यातायात सञ्चालन गरेको भन्दै आज चितवनमा बन्दकर्ताले चार वटा ट्रकमा तोडफोड गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेका दुइ र वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको एउटा ट्रक तोडफोड गरेका हुन् । बन्दकर्ताले ना ३ ख ३९३, ना १ क १४३५ र ना ८ ख ४४८० नम्बरको ट्रक तोडफोड गरेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका बन्द कर्ताले भरतपुर महानगरपालिका–१ भतेरीमा ट्रक तोडफोड गरेका हुन् ।

यस्तै टाँडीबाट नारायणगढतर्फ आउँदै गरेको ना ४ ख ८८५५ नम्बरको मालबाहक ट्रकलाई भरतपुर महानगरपालिका–१२ मिलनचोकमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार