आज देशका अधिकांश स्थानमा वर्षा

आज देशका अधिकांश स्थानमा वर्षा

काठमाडौँ । देशभर शुक्रबारको मौसममा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशका पहाडी भूभागहरु साथै सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको मौसमविदले बताएका छन्।

देशका उच्च पहाडी र हिमाली भूभागका धेरैजसो स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

शुक्रबार राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भूभागहरु साथै सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।

देशका उच्च पहाडी र हिमाली भूभागका धेरैजसो स्थानमा शुक्रबार राति हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

अहिले बिहान सुदूरपश्चिम, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली तथा बागमती प्रदेशमा आंशिक बदली रहेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार