छतबाट खसेर एकजनाको मृत्यु

छतबाट खसेर एकजनाको मृत्यु

सांकेतिक तस्बिर

काठमाडौँ । मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–४ स्थित क्विक–२० पार्टी प्यालेसको छतबाट खसेर शुक्रबार बिहान एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको देवाही नगरपालिका–९ घर भएका ४२ वर्षीय विनोद यादव रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जनाकारी दिए ।

उनका अनुसार शुक्रबार बिहान ६ः१५ बजे पार्टी प्यालेसको पाँचौँ तलबाट खस्दा गम्भीर घाइते भएका यादवको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यादव क्विक–२० पार्टी प्यालेसमा सरसफाइको काम गर्दै आएका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार