बैतडीमा गोली हानेर बुवाले गरे छोरीको हत्या

बैतडीमा गोली हानेर बुवाले गरे छोरीको हत्या

काठमाडौं । बैतडीमा  बुवाले आफ्नै छोरीमाथि गोली चलाएका छन्। जिल्लाको पुर्चाैडी नगरपालिका–१० का धनसिह महराले आफ्नै विवाहित छोरी २० वर्षीया बेलमतीको गोली हानी हत्या गरेका हुन।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। छोरीलाई गोली हानेर महरा जंगलतिर भागेको स्थानीयले बताएका छन्।

घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले बताएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार