दाङमा डेरामा बस्दै आएकी स्टाफ नर्सलाई घरबाट निकाल्ने घरबेटी पक्राउ

दाङमा डेरामा बस्दै आएकी स्टाफ नर्सलाई घरबाट निकाल्ने घरबेटी पक्राउ

चैत १८ दाङ

घोराही उपमहानगरपालिका वडा नम्बर २ का वडा सचिव नारायण आचार्य आफ्नो घरमा डेरामा बस्दै आएकी घोराहीस्थित बुद्ध ईन्टरनेशनलमा कार्यरत स्टाफ नर्स सृजना खड्कालाई घरवाट निकालेपछि आज प्रहरीले घरवेटिलाई पक्राउ गरेको छ ।

अस्पतालका काम गर्न व्यक्तिबाट कोरोना संक्रमण हुन सक्ने भन्दै वडा सचिव आचार्यलयले चैत्र १५ गते नर्स खड्कालाई नवलपुरस्थित घरवाट निकालेको खुलासा भएपछि जिल्ला प्रशासन कार्यालय दाङले घरवेटिलाई तत्काल पक्राउ गर्न आज जिल्ला प्रहरी कार्यालय दाङलाई निर्देशन दिएको थियो ।

प्रहरीले घरवेटि आचार्यलाई पक्राउ गरेर ल्याइसकेको र कानुन वमोजिम कारवाही हुने दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिनभुएको छ

डेराबाट निकालिएकी नर्स खड्का चैत्र १५ गते देखि घोराहीस्थित एक होटेलमा बस्दै आएकी छिन्। लक–डाउनको समयमा सबै घर भित्रै बस्दापनि विदा नपाएपछि आफु डेरा र हस्पिटल आवत जावत गरेको हुँदा वडा सचिवले कि हस्पिटल छोड्न कि आफ्नो घर छोड्न भनेकाले बाध्य भएर डेरा छोडेको सृजनाले बताइन ।

उता वडासचिव आचार्यले भने नर्स खड्कालाई घरवाट नलिकालेको जिकिर गरेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार