सामाजिक र मानवीय मुद्दामा केन्द्रीत “ऐना”

सामाजिक र मानवीय मुद्दामा केन्द्रीत “ऐना”

काठमाडौँ । आम जनमानसले चिन्ने विश्वप्रकाश शर्मा नेपाली कांग्रेसका नेता तथा प्रवक्ता हुन । नयाँ पुस्ताले विश्वप्रकाश शर्मालाई एक नेताको परिचय बाटनै चिन्छन । तर उनको सन्चार माध्यम संगको परिचय धेरै थोरैलाई थाहा छ ।

बिगत हेर्ने हो भने शर्माको संचारजगत संग निकै घनिष्ट सम्बन्ध रहेको छ । सम्पादक भएर शर्माले रेडियो नेपालको कार्यक्रम ‘घटना र विचार’ चलाएका छन । उनको साहित्य तर्फको रुझानले उनलाई कवि, गीतकार, कथाकार र संगीतकारको रुपमा पनि परिचित गराउँछ । शर्माले लकडाउनकै समयमा गीत लेखे, संगीत भरे र रेकर्ड गराएर सार्वजनिक गरे ।

शर्मा यतिमै मात्र सिमित रहेनन । हाल आएर शर्माले आफुलाई टेलिभिजन प्रस्तोताको नयाँ परिचयका साथ चिनाएका छन् । शर्मा कान्तिपुर टेलिभिजनबाट प्रस्तुत हुने कार्यक्रम ‘ऐना’ को प्रस्तोता को रुपमा देखापरेका छन । कार्यक्रम ‘ऐना’ देशका सामाजिक र मानवीय मुद्दामा केन्द्रीत रहेर बनाइएको एक टेलिभिजन कार्यक्रम हो, जसमा ‘ऐना’ टिमले शर्मालाई प्रस्तोता बनाएको छ । ‘ऐना’ को बारेमा शर्मा भन्छन “यो कांग्रेस प्रवक्ताले चलाउने कार्यक्रम होइन । यसमा राजनीतिक रंग हुन्न, म प्रस्तोता हुँ”। उनका अनुसार यो राजनीतिलाई नै घचघच्याउने एक कार्यक्रम हो ।

अमनप्रताप अधिकारीद्वारा निर्देशीत यस कार्यक्रममा प्रकाश लामिछाने विषय खोजी कार्यमा छन भने स्क्रिप्ट राइटर आन्विका गिरी रहेकी छिन । त्यस्तै अनुसन्धान टिममा भानु बोखिम, महावीर विश्वकर्मा, मनिका खतिवडा र लक्ष्मी नेपाल छन । दि होराइजन मल्टी मिडियाद्वारा निर्मित कार्यक्रमको प्रमुख राधाकृष्ण धिताल र निर्माता जनक पौडेल हुन् ।

कसरी र किन बन्यो “ऐना” ?
आमिर खानको प्रस्तुती रहेको ‘सत्यमेव जयते’ बाट प्रभावित पक्कै पनि छ ‘ऐना’ । निकैनै प्रभावशाली रहेको उक्त कार्यक्रमले समाजका लुकेका यस्ता पाटाहरु उजागर गरेको थियो जसले गर्दा उठाइएका विषयहरु माथी सान्दर्भिक कानुनी बहस पनि चलेको थियो । सोही टिमसँग भारतमा रहँदा समय बिताएका राधाकृष्ण धिताललाई पनि सोही अनुरुपको कार्यक्रम नेपालमा पनि आवश्यक रहेको महशुस भएपछी ‘ऐना’को नेपाली अवधारणा तयार भएको हो ।

ऐनाको काम भनेको अगाडी रहेको सत्य परावर्तन गर्ने हो । सोही अवधारणाका बिच समाजको परावर्तन दर्शाउन, समाजमै रहेका तर नागरिक बिच लुकेका, दबाइएका र उपेक्षित विषय उठान गर्ने जमर्को गरेको छ यस कार्यक्रमले । हालका समय रियालिटी शोहरु प्रती नेपाली जनमानसको झुकाव रहेको बेला ऐनालाई पनि केहि हदसम्म दर्शकहरुको चाहना अनुरुप ढालिएको छ ।

ऐनालाई लिएर सबैभन्दा धेरै सोधिएको प्रश्न कार्यक्रमको अवधारणा भन्दा पनि प्रस्तोता विश्वप्रकाश शर्मालाई लिएर हो । यसमा धिताल भन्छन “नयाँ पुस्ता माझ विश्व प्रकाश राजनीतिज्ञ होईन, पुराना पुस्तामाझ उनि राजनीतिज्ञका साथै संचारकर्मी पनि हुन । यसै खाडललाई जोड्न पुलको काम गर्न सक्ने विश्वासले गर्दानै, शर्मा हाल प्रस्तोताको रुपमा अगाडी हुनुहुन्छ । यदी उहाँ आफैलाई इच्छा नभएको भए पनि उहाँ शायद यसमा जोडिनु हुन्नथ्यो होला ।”

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार