बजेटको अर्धवार्षिक समीक्षा, आकार घटाइयो

बजेटको अर्धवार्षिक समीक्षा, आकार घटाइयो

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०७७/७८ को अर्धवार्षिक समीक्षा मंगलबार सार्वजनिक गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले मध्यवधि समीक्षामार्फत बजेटको आकार घटाइएको जानकारी दिए। तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले जेठ १५ गते संसदमा पेश गरेको १४ खर्ब ४६ अर्बको बजेटलाई पौडेलले घटाएर १३ खर्ब ४४ अर्ब ६८ करोडमा झारेका छन्।

समीक्षा अनुसार कोरोना भाइरस संक्रमण तथा रोकथामका लागि अर्थमन्त्रालयले १८ अर्ब १२ करोड ९८ लाख रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक गरेको छ।

अर्थ मन्त्रालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६र७७ मा ११ अर्ब ८६ करोड ९२ लाख रुपैयाँ र चालु आर्थिक वर्षमा अहिलेसम्म ६ अर्ब २६ करोड ६ लाख रुपैयाँ खर्च गरेको छ।

जसमध्ये कुल ५ अर्ब ८४ करोड ११ लाख रुपैयाँ संघले खर्च गरेको छ। जसमध्ये बजेटरी खर्च अन्तर्गत हालसम्म ६ अर्ब १५ करोड ९२ लाख रुपैयाँ, संघको कोरोना कोष खर्च अन्तर्गत २ अर्ब ४४ करोड ६ लाख रुपैयाँ खर्च भएको मन्त्रालयले जनाएको छ।

यस्तै प्रदेश अन्तर्गत २ अर्ब ९२ करोड ३ लाख रुपैयाँ र स्थानीय तहले ८ अर्ब १० करोड ६७ लाख रुपैयाँ खर्च गरेको तथ्यांकमा उल्लेख छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार