यो वर्षको एसईई परीक्षा केन्द्रबाटै सञ्चालन हुने

यो वर्षको एसईई परीक्षा केन्द्रबाटै सञ्चालन हुने

NEB

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) केन्द्रीय स्तरबाटै हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस वर्षको एसईई केन्द्रीयस्तरबाटै गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको निर्णय अनुसार आगामी जेठमा तोकिएको एसईई परीक्षा राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सञ्चालन गर्ने छ। संविधानले विद्यालयस्तरको शिक्षा सञ्चालनको जिम्मा स्थानीय सरकारलाई दिएको छ। परीक्षा सञ्चालनको जिम्मेवारी चाहिँ प्रदेशलाई दिइएको छ।

प्रदेशस्तरमा एसईई परीक्षा सञ्चालन गर्नको ऐन नै बनेको छैन । त्यसका लागि छुट्टै अध्यादेश जारी गर्नु पर्ने भएकाले परीक्षा केन्द्रस्तरबाटै हुने निर्णय भएको छ । परीक्षा कहिले सञ्चालन गर्ने भन्ने विषयमा भने मन्त्रिपरिषद्ले कुनै निर्णय गरेको छैन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार