आन्तरिक राजस्व विभागको महानिर्देशकमा मैनाली

आन्तरिक राजस्व विभागको महानिर्देशकमा मैनाली

काठमाडौं । आन्तरिक राजस्व विभागको महानिर्देशकमा दीर्घराज मैनाली नियुक्त हुनुभएको छ। अर्थ मन्त्रालय स्रोतका अनुसार उक्त पदमा मैनालीको नियुक्ति गरी सहमतिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइएको छ ।

मैनाली यसअघि राजस्व अनुसन्धान विभागको महानिर्देशक थिए । सामान्य प्रशासन मन्त्रालयले नाम स्वीकृति दिनासाथ उनले कार्यभार सम्हाल्न पाउनुहुने छ । यसअघि महानिर्देशक रहेका विनोद कुँवरको सरुवा भएसँगै यो पद रिक्त रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार