प्रधानमन्त्री ओलीले पदसँग संविधान र संघीयता साटे : जनार्दन शर्मा

प्रधानमन्त्री ओलीले पदसँग संविधान र संघीयता साटे : जनार्दन शर्मा

काठमाडौं । पुष्पकमल दाहाल–माधवकुमार नेपाल नेतृत्वको नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले प्रधानमन्त्री केपी ओलीले पदसँग संविधान र संघीयता साटेको बताएका छन्। काठमाडौंमा आज आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘संघीयतालाई पद र कुर्सीसँग साटे, संविधान पदसँग साट्ने काम भयो,’ उनले भने।
उनले जनताको आवाज सुनिएन भने कुन दिन विद्रोह हुने चेतावनीसमेत दिए। जनताको अधिकार कानुन बनाउने क्रममा भाचभुच पारिएको उनले बताए।

‘ओम्नीहरुको नाममा जनताको जीवनमाथि खेलवाड गरिएको छ,’ उनले भने,‘संघीयता र गणतन्त्र समाप्त पार्ने जुन काम भएको छ, अब त्यसका विरुद्ध हामी संघर्षमा उत्रिसकेका छौं।’ प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत दाहाल–नेपाल नेतृत्वको नेकपाले बुधबार काठमाडौंमा विरोध प्रदर्शन गरेको हो । आन्दोलनको दोस्रो चरणका कार्यक्रम घोषणा गरेको नेकपाले विरोध जुलुससहित सभा आयोजना गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार