जंगली हात्तीको आक्रमणबाट एक महिलाको ज्यान गयो

जंगली हात्तीको आक्रमणबाट एक महिलाको ज्यान गयो

काठमाडौं । झापामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

जंगलमा घाँस काट्न गएकी झापा भद्रपुर नगरपालिका वार्ड नं २ की अन्दाजी ५० बर्षिया सीता दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

सोमबार अपरान्ह साँढे १ बजे केही साथीहरूसंग दाहाल घाँस काट्न जंगल गएकी जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए।

हात्तीको आक्रमणबाट सख्त घाइते भएकी दाहाललाई उपचारका लागि अस्पताल लैजाँदा बाटैमा उनको मृत्यु भएको थापाले बताए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार