कांग्रेस पदाधिकारी बैठक दिउँसो ३ बजे बस्दै

कांग्रेस पदाधिकारी बैठक दिउँसो ३ बजे बस्दै

काठमाण्डौ । नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको उहाँको सचिवालयले जनाएको छ ।

बैठकमा पछिल्लो राजनीतिक अवस्था र अब कसरी अघि बढ्ने भन्नेबारे छलफल हुनेछ । पार्टीका पूर्व पदाधिकारीसमेत सहभागी हुने बैठकमा प्रतिनिधिसभा पुनःस्थापनापछि कांग्रेसको अबको रणनीति, नेकपाको प्रचण्ड-नेपाल समूहको प्रस्तावलगायतबारे छलफल हुने कांग्रेसका नेताहरुले बताएका छन् ।

नेकपाको प्रचण्ड-नेपाल समूहका दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले हिजो सभापति निवास बुढानीलकण्ठ पुगेर सत्ता साझेदारीको प्रस्ताव गरेका थिए ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार