सोमबार सेयर बजारमा ४० अंकको सुधार

सोमबार सेयर बजारमा ४० अंकको सुधार

काठमाडौं । आइतबार ७९.७४ अंकले घटेको सेयर बजारमा सोमबार ४०.६४ अंकको सुधार देखिएको छ । योसँगै सेयर बजारले पुनः २५ सय अंक पार गरेको छ । बजारको भविष्यलाई लिएर लगानीकर्ता अन्योलमा परेपनि बजार भने दोहोरो अंकले बढेर बन्द भएको हो ।

सोमबार दोस्रो बजारमा २०७ कम्पनीका एक करोड १८ लाख ३८ हजार ४८८२२ कित्ता सेयर ७० हजार ३३९ पटक खरिद बिक्री हुँदा कुल कारोबार रकम भने ५ अर्ब ६९ करोड २३ लाख १६ हजारमा खुम्चिन पुग्यो जुन आइतबारको तुलनामा २ अर्ब ६६ करोड भन्दा धेरैले कम हो ।

आइतबार ८ अर्ब ३५ करोड ५२ लाख भन्दा बढीको सेयर कारोबार भएको थियो । आज नेप्सेका १२ वटै उपसमूहमा हरियाली छाएको छ ।

नेपाल पूर्वाधार विकास बैंकको सेयर सोमबारको दोस्रो बजारमा धेरै कारोबार हुने कम्पनी बन्यो भने शिखर इन्स्योरेन्सको कारोबार दोस्रोमा पनि लगानीकर्ताको आकर्षण रह्यो । निफ्रा र शिखरको क्रमशः ४४ करोड ३८ ५२ हजार र ३० करोड ७ लाख ९९ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो ।

आजको बजारमा चन्द्रागिरि हिल्स, कर्पोरेट डेभलपमेन्ट बैंक, बरुण जलबिद्युतका सेयर धनीले धेरै लाभ लिए भने सिटिजन्स म्युचल फण्ड २ का लागानीकर्ताले सबैभन्दा धेरै गुमाए ।

सोमबार बैंकिङ उपसमूह २६.८२, अंक व्यापार उपसमूह ९७.३४ अंक, होटल तथा टुरिजममा ५५.८१ अंक, विकास बैंक उपसमूह ३८.३३ अंक तथा जलबिद्युत् उपसमूहमा ३०.७९ अंकको सुधार देखियो ।

फाइनान्स उपसमूह २३.०६ अंकले बढ्दा निर्जीवन बीमा उपसमूह १८३.८३ अंक र उत्पादन उपसमूह ६८.३२१ अंकले बढ्न पुग्यो । अन्य उपमूह २७.६२, लघुवित्त उपसमूह ८१.४९, जीवन बीमा उपसमूह ३५९.१७ अंक र म्युचल फण्ड उपसमूह ०.०३ अंकले बढ्दा लगानी उपसूहमा १.८६ अंकको सुधार देखिएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार