नकेपा दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक सुरु

नकेपा दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक सुरु

फाईल तस्बीर

काठमाडौं । नेकपा दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु भएको छ। पछिल्लो राजनीति घटनाक्रम, संसद्मा कसरी प्रस्तुत हुनेलगायतका विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बसेको हो।

यस्तै आजै दिउँसो १ बजे केन्द्रीय कमिटी बैठक पनि पेरिसडाँडामा बस्दै छ। संसद् पुनर्स्थापनापछि अहिले नेताहरूको दौडधुपले तीव्रता पाएको छ। फागुन २३ गते संसद् बैठक पनि आह्वान भएको छ।

सोही संसद् बैठकका लागि रणनीति तय गर्न आज केन्द्रीय कमिटी बैठक बस्न लागेको बताइएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार