आइतबार ४१११ नमुना परीक्षण गर्दा ६६ जनामा कोरोना पुष्टि

आइतबार ४१११ नमुना परीक्षण गर्दा ६६ जनामा कोरोना पुष्टि

प्रतीकात्मक तस्बिर।

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार १११ जनाको नमुना परीक्षण गर्दा २१ महिला र ४५ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ७२१ पुगेको छ । उनीहरुमध्ये थप ५८ सहित २ लाख ७० हजार ८८६ जना निको भएका छन् भने ३ हजार १० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ८२५ रहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार