सिभिल अस्पतालको निर्देशक नियुक्तिका लागि तीन जनाको नाम सिफारिस

सिभिल अस्पतालको निर्देशक नियुक्तिका लागि तीन जनाको नाम सिफारिस

काठमाडौं । निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक नियुक्तिका लागि नाम सिफारिश गर्न गठित सिफारिस समितिले तीन जनाको नाम सिफारिश गरेको छ ।

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक नियुक्तिका लागि नाम सिफारिश गर्न गठित सिफारिस समितिले तीन जनाको अस्पताल विकास समितिमा शनिबार नियुक्तिका लागि सिफारिस गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सिफारिस हुनेमा एक नम्बरमा कटुवाचौपारी–१ पर्वतका प्रा।डा। विधान निधि पौडेल, दोस्रो नम्बरमा काठमाडौं–३० काठमाडौंका प्रा।डा। दिनेश कुमार लम्साल र तेस्रो नम्बरमा डा। मध्यपुर ठिमी–३ भक्तपुरका प्रकाश राज न्यौपाने रहेका छन् ।

कार्यकारी निर्देशकको छनौट, काम, कर्तव्य, अधिकार, सेवा र सुविधा सम्बन्धी विनियमावली, २०७७ अनुसार कार्यकारी निर्देशक पदका लागि आवेदन स्वीकृत भएका ८ जना उम्मेदवारको फागुन ११ र १२ गते व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण र फागुन २२ गते अन्तरवार्ता सञ्चालन भएको थियो ।

उनिहरु ८ जना उम्मेदवारको शैक्षिक योग्यता, अनुभव, तालिम र अनुसन्धानमूलक लेख वापतको मूल्यांकनको अंक, व्यवसायिक कार्ययोजनाको मूल्यांकनको अंक व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरणको अंक र अन्तरवार्ताको अंकको जम्मा अंकको आधारमा तीन जना सिफारिस भएका हुन् ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार