चौरजहारी नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द

चौरजहारी नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द

चौरजहारी । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा अत्यावश्यक बाहेकका अन्य सेवाहरु अनिश्चितकालको लागि बन्द गरिएको छ । नगरपालिकामा कार्यरत ७ जना कर्मचारी र १ जना जनप्रतिनिधि र ५ जना शिक्षकमा कोरोना संक्रमण देखिएपछि नगरपालिकाले सेवा बन्द गर्नु गरेको चौरजहारी नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका स्वास्थ्य तथा सामाजिक विकास शाखाका सह संयोजक डण्ड शर्माका अनुसार नगरपालिकामा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी र शिक्षकहरु संक्रमित भई आईसोलेशनमा बस्नुपर्ने अवस्था भएकोले नगरपालिकाबाट प्रदान हुने अत्यावश्यक बाहेकका अन्य सम्पूर्ण सेवा बन्द गरिएको हो ।

उहाँले नगरपालिकाद्धारा सञ्चालित नगरबस सेवा, सूचना प्रविधि अधिकृत पदको दरखास्त आह्वान सम्बन्धि सूचना समेत अर्को सूचना जारी नभसम्मको लागि बन्द गरिएको जनाउँनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार