बाख्रा चराउन गएका किशोरको तालमा डुवेर मृत्यु

बाख्रा चराउन गएका किशोरको तालमा डुवेर मृत्यु

प्रतिकारात्मक तस्बिर

मुसिकोट । रुकुम पश्चिममा घर बाट बाख्रा चराउन हिडेका एक किशोरको तालमा डुवेर मृत्यु भएको छ । शनिबार जिल्लाको सानिभेरी गाउँपालिका वडा नं. ११ पेदिखोला १५ वर्षका रुपलाल खड्काको तालमा डुबेर मृत्यु भएको हो ।

सिम्ली खोलाको अधेरे भन्ने स्थानमा रहेको तालमा पौडी खेल्ने क्रममा उनको मृत्यु भएको आफन्तले जानकारी दिएका छन ।  उनी गाउँकै एक सरकारी विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिए ।

मृतक रुपलाल तालमा पौडि खेल्न गएको र धेरै समयसम्म बाहिर नआएपछी उनी संगै गएका साथीले आफन्तलाई खबर गरेका थिए । आफन्त गएर तालबाट मृतकको सव निकालिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार