नेपालमा थप एक जनामा कोरोना संक्रमण

नेपालमा थप एक जनामा कोरोना संक्रमण

चैत्र २० काठमाडौं

नेपालमा अर्को एक जनामा पनि कोरोना संक्रमण भेटिएको छ। यो सँगै नेपालमा कोरोना संक्रमण देखिनेको संख्या ६ पुगेको छ।

स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए। उनी चैत ४ गते कतार एयरबाट नेपाल आएका व्यक्ति हुन्।

संक्रमण देखिएको व्यक्ति उपत्यका बाहिरको रहेको पनि उनले जानकारी दिए। संक्रमितको विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए। ती व्यक्ति कहाँका हुन् र कहाँ उपचाररत छन् भन्नेबारेमा भने मन्त्रालयले केही बताएको छैन

उनका अनुसार नेपालमा बिहीबार सवा ४ बजेसम्म ११८४ जनाको कोरोना परीक्षण भइसकेको छ।

बुधबार दिउसो सवा ४ बजेसम्म नेपालमा १ हजार १ सय ३३ जनामा कोरोना परीक्षण गरिएको थियो। नेपालमा हालसम्म पाँच जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो। आज संक्रमितको संख्या थपिएसँगै यो संख्या बढेर ६ पुगेको हो।

यस्तै हाल १०५ जना आइसोलेसनमा रहेका छन् भने जसमध्ये १६ जना उपत्यकाका विभिन्न अस्पतालमा रहेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार