सोलावाङका व्यवसायी बस्नेतले दिए १८ थान अक्सिजन सिलिन्डर

सोलावाङका व्यवसायी बस्नेतले दिए १८ थान अक्सिजन सिलिन्डर

काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नं. ४ सोलावाङमा बस्नेत इन्जिनियरिङ वर्कशप सञ्चालन गर्दै आएका व्यवसाय प्रकाश बस्नेतले १८ थान अक्सिजन सिलिण्डर सहयोग गर्नुभएको छ ।

जिल्लामा अक्सिजनको अभाव भइरहेको समयमा बस्नेत इन्जिनियरिङ वर्कशपका सञ्चालक समेत रहेका बस्नेतले कोरोना संक्रमितको उपचारमा सहयोगका लागि जिल्ला अस्पताल सल्लेमा १३ र अन्य व्यक्तिलाई ५ वटा सिलिन्डर सहयोग गर्नुभएको छ ।

वर्कशपमा प्रयोजनका लागि ल्याइएका उक्त सिलिन्डरहरु सहयोग गरेको बस्नेतले बताउनुभयो । यस्तै बस्नेतले सिलिन्डरमा अक्सिजन रिफिल गर्नमा पनि सघाइरहनु भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार