बुढुमष्ट क्षेत्र विकास कोषको अध्यक्षमा केसी चयन

बुढुमष्ट क्षेत्र विकास कोषको अध्यक्षमा केसी चयन

मुसिकोट । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नं. ५ स्थित बुढमष्ट क्षेत्र विकास कोषको अध्यक्षमा ध्रुवराज केसी चयन हुनुभएको छ । गत शनिबार कोरोना भाइरसका कारण सामाजिक दुरी र स्वास्थ्य मापदण्ड पालना गरि निवर्तमान अध्यक्ष वीरबहादुर केसीको अध्यक्षतामा भएको भेलाले कोषको संरक्षण समेत रहनुभएका केसीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

अध्यक्षको कार्यकाल दुई बर्ष रहने छ । २०५७ साल माघ २४ गतेबाट यस क्षेत्रलाई कार्यक्षेत्र बनाएर कोषले सामाजिक काम गर्दै आएको छ ।

यस्तै कोषको सदस्य सचिवमा गोपाल केसी, सदस्यमा विरबहादुर केसी, सुकराम देवकोटा, रामप्रसाद केसी, विपि रिजाल र तारक केसी चयन भएका छन् भने आमन्त्रित सदस्यमा धर्मे कामी रहेका छन ।

कोषको सल्लाहकार संयोजकमा सुधिर शाह सदस्यहरुमा धर्मबहादुर केसी र डिल्लीबहादुर केसीलाई चयन गरिएको कोषका अध्यक्ष केसीले जानकारी दिनुभएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार