घर भत्किँदा एकै घरका तीन जनाको मृत्यु

घर भत्किँदा एकै घरका तीन जनाको मृत्यु

प्युठान । गए राति घर भत्किँदा प्यूठानमा एकै घरका तीन जनाको मृत्यु भएको छ। जिल्लाको नौ बहिनी गाउँपालिका–१ स्याउँ लिवाङ चौतारामा शनिबार राति घर भत्किँदा एकै परिवारका तीन जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

मृत्यु हुनेमा ४० वर्षीय वोम बहादुर मल्ल, उनकी ३३ वर्षीया श्रीमती गमी मल्ल र ३ वर्षीय छोरा शिशीर मल्ल रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभयो।

गैरेका अनुसार अन्य ४ छोरीहरू भने अर्को कोठामा सुतेको हुँदा सकुसल छन्। खरको छाना हटाएर जस्तापाता लगाउन तयार पारिएको घर शनिबार राति एक्कासी भत्किएको थियो।

बिहान साढे ७ बजे घर भत्केको खबर आएपछि घटनास्थलमा पुग्दा तीन जनाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार