पत्रकारितामाथि आक्रमणको नयाँ प्रवृत्ति देखियो : उपाध्यक्ष पोखरेल

पत्रकारितामाथि आक्रमणको नयाँ प्रवृत्ति देखियो : उपाध्यक्ष पोखरेल

चैत्र २१ काठमाडौं

नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले नेपाली स्वतन्त्र पत्रकारितामाथि निर्मम आक्रमणको नयाँ प्रवृत्ति देखिन थालेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।
उहाँले वेब डेभेलपरलाई प्रयोग गरेर समाचार किल गर्ने प्रक्रियामा जोडिएका सबैलाई हदैसम्मको कारबाही गर्न माग गर्नुभएको छ।

उहाँले प्रेस स्वतन्त्रता र सम्पादकीय स्वन्त्रताको बलियो पक्षपाति संगठन नेपाल पत्रकार महासंघले उक्त विषयलाई गम्भीरताका साथ लिएको स्पष्ट पार्नुभएको छ । यस्ता गलत प्रवृत्तिलाई निर्मूल पार्न महासंघ अग्रमोर्चामा उभिने उपाध्यक्ष पोखरेलको जोड छ ।

‘यो महासंघको परम्परा, दायित्व, विशेषता र सामयिक भूमिकाभित्र पर्ने विषय हो, पोखरेलले आफ्नो फेसबुक वालमा लेख्नुभएको छ, यो एउटा स्वीकार गर्न नसकिने निन्दनीय घटना हो । साथै उहाँले प्रेस तथा सम्पादकीय स्वतन्त्रताको पक्षमा एकताबद्ध भई उभिन सबैमा अपिल पनि गर्नुभएको छ ।

उपाध्यक्ष पोखरेलले उच्च मनोबलका साथ आफ्नो कार्यलाई निरन्तरता दिन सम्पादकीय टिमलाई आग्रह समेत गर्नुभएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार