सामुदायिक रेडियोद्धारा विपन्न तथा अपांगता भएकाहरुलाई राहत वितरण

सामुदायिक रेडियोद्धारा विपन्न तथा अपांगता भएकाहरुलाई राहत वितरण

चौरजहारी । रुकुम पश्चिममा रहेको सामुदायिक रेडियो आफनो एफ.एम.ले कोभिड १९ को महामारीका कारण ज्याला तथा मजदुर गरी साँझ विहानको छाक टार्न समस्यामा परेका गरिब, असाहय, अपांगता भएका तथा विपन्न परिवारका लागि राहात स्वरुप खाद्यन्न वितरण गरेको छ ।

आज एक कार्यक्रमका बिच स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी चौरजहारी नगरपालिकाको समन्वयमा खाद्यन्न वितरण गरिएको रेडियोका प्रवन्ध निर्देशक गोपाल रेग्मीले जानकारी दिनुभयो । चौरजहारी नगरपालिका भित्र वसोवास गर्ने ५० घरधुरीलाई निशुल्क खाद्यन्न वितरण गरिने निर्देशक रेग्मीले बताउनुभयो ।

आज रेडियोले नगरपालिकाको वडा नम्वर १ देखि वडा नम्वर ९ सम्मका ३१ परिवारलाई खाद्यन्न वितरण गरेको छ । उनीहरुलाई प्रतिव्यक्ती २५ केजी को दरले १ वोरा चामल, १ केजी नुन, १ केजी चिनी, १ प्याकेट चियापत्ती र १ वोतल तेल, हस्तान्तरण गरीएको छ । वडा नम्वर १, २, ३, को लागि शीतल माविको प्रांगन वडा नम्वर ४, ५, ६, ७, ८ र ९ का घरपरिवारलाई वडा नम्वर ७ को मेलैनाउलीमा उक्त खाद्यन्न वितरण गरीएको वताईएको छ ।

खाद्यन्न वितरण कार्यक्रमा रेडियोका प्रवन्ध निर्देशक गोपाल रेग्मी, चौरजहारी नगरपालिकाका उप प्रमुख राधा रोका, वडा नम्वर ४ का वडा अध्यक्ष गोपाल भण्डारी शीतल माविका प्राचार्य यदु राण चौरजहारी अपांग पुर्नस्थापना केन्द्र कि अध्यक्ष उमादेबी सुनार, सिविआरका प्रतिनिधि शन्देश जैसी र चौरजहारी अस्पतालका हेल्थ असिसटेन्ट आषिस आचार्यको सहभागीता रहेको थियो ।

खाद्यन्न हस्तान्तरण कार्यक्रममा सहभागी घरपरिवारका सदस्यहरु लाई कोभिड १९ सम्वन्धि सचेतनामुलक जानकारी समेत प्रदान गरीएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार