अमेरिकाबाट सल्ले अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

हाल अमेरिकामा रहनु भएका मुसिकोट नगरपालिका वडा नं. ३ का शिव कुमार खत्री, भागिराम केसी, हरि बहादुर केसी, ओपेन्द्र केसी, वडा नं. ६ की पुष्पा शाह, ललित बहादुर शाह, छितिज पाण्डे र वडा नं. १२ का कृष्ण केसीले उक्त रकम संकलन गरेर सहयोग गर्नुभएको हो ।

अमेरिकाबाट सल्ले अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

हाल अमेरिकामा रहनु भएका मुसिकोट नगरपालिका वडा नं. ३ का शिव कुमार खत्री, भागिराम केसी, हरि बहादुर केसी, ओपेन्द्र केसी, वडा नं. ६ की पुष्पा शाह, ललित बहादुर शाह, छितिज पाण्डे र वडा नं. १२ का कृष्ण केसीले उक्त रकम संकलन गरेर सहयोग गर्नुभएको हो ।

मुसिकोट । कोरोना संक्रमितको उपचारमा सहजता ल्याउनका लागि रुकुम पश्चिम घर भई अमेरिकामा बस्दै आएका युवाहरुले जिल्ला अस्पताल सल्लेलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छन । अमेरिकाको मेरिल्याण्डमा बस्दै आएका ८ जना युवाहरुले रकम संकलन गरेर जिल्ला अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरेका हुन् ।

संकलित रकमबाट १००० थान सर्जिकल ग्लोप्स, लुज ग्लोप्स ५००० थान, अक्सोमिटर १० ओटा, केएन नाईन्टी फाइप माक्स १०० ओटा अस्पताललाई हन्तान्तरण गरिएको छ । उक्त सामाग्रीहरु १ लाख ३० हजार बराबरका रहेको जनाईएको छ । बुधबार उक्त सामाग्रीहरु नेपाल पत्रकार महासंघ रुकुमका अध्यक्ष लक्ष्मण केसीले स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख विष्णु बहादुर बुढाथोकीलाई हस्तान्तरण गर्नु भएको थियो ।

हाल अमेरिकामा रहनु भएका मुसिकोट नगरपालिका वडा नं. ३ का शिव कुमार खत्री, भागिराम केसी, हरि बहादुर केसी, ओपेन्द्र केसी, वडा नं. ६ की पुष्पा शाह, ललित बहादुर शाह, छितिज पाण्डे र वडा नं. १२ का कृष्ण केसीले उक्त रकम संकलन गरेर सहयोग गर्नुभएको हो । आफुहरुले जिल्ला अस्पतालका लागि थोरै पनि केहि सहयोग होस भन्ने हेतुले साथीहरुले केहि रकम संकलन गरेको शिब केसीले जानकारी दिनुभयो ।

कोभिड कहरबिच सामाजिक सेवामा लागेर अस्पताललाई सहयोग गरेको प्रति स्वास्थ्य कार्यालयमा निमित्त कार्यालय प्रमुख बिष्णु बहादुर बुढाथोकीले धन्यवाद व्यक्त गर्नुभएको छ । उपकरणको खाँचो भई रहेका बेला प्राप्त भएकोले स्वास्थ्यकर्मीहरुलाई काम गर्न सहज हुने विश्वास कार्यालयले लिएको उहाँले जनाउनुभयो । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा स्वास्थ्य कार्यालयका नायब सुब्बा मनोज केसी, पत्रकार महेश केसी र परिचन्द्र खत्रीको उपस्थिति रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार