पेट्रोलको मूल्य १२५ रुपैयाँ

पेट्रोलको मूल्य १२५ रुपैयाँ

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ। शनिबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा मूल्यवृद्धि गरेको हो। हालको मूल्यमा ती सबैमा दुई रुपैयाँ वृद्धि गरिएको प्रवक्ता विनितमणि उपाध्यायले बताए।

अब पेट्रोल १२५, डिजल १०८ र मट्टितेल र प्रतिलिटर ८० रूपैयाँ कायम भएको छ। पहिले पेट्रोल १२३, डिजल १०६ र मट्टितेल र ७८ रूपैयाँ थियो। यद्यपि, एलपी ग्यासमा भने मूल्यवृद्धि गरिएको छैन।

निगमले पहिले कायम गरिएको मूल्यमा बिक्री गर्दा पनि निगमलाई पन्ध्र दिनमा १ अर्ब १० करोड घाटा रहेको जनाएको छ।

निषेधाज्ञाको समयको पन्ध्र दिनको हिसाब गर्दा पनि ७१ करोड घाटा हुने देखिएको बताएको छ। र अन्य साधारण दिनमा ९३ करोड घाटा रहेको जनाएको छ।

यो मूल्य समायोजनपछि पनि निगममलाई पेट्रोलमा प्रतिलिटर ५ रूपैयाँ ३२ पैसा, डिजलमा ३ रूपैयाँ १७ तथा एलपी ग्यासमा प्रतिसिलिण्डर २५८ रूपैयाँ ४६ पैसा घाटा हुने निगमको दाबी छ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार