नेपालमा एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सरेको पुष्टि

नेपालमा एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सरेको पुष्टि

चैत २२ कठमाडौं
नेपालमा पहिलो पटक एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९)  सरेको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कैलालीको धनगढीकी ३४ वर्षीया एक महिलामा पनि कोरोना  सरेको पुष्टि भएको छ।

ती महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त भएको बताइएको छ । ती पुरुष दुबईबाट नेपाल आएका थिए ।

मन्त्रालयका अनुसार मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूषमा पनि कोरोना भाइरस पुष्टि भएको छ । यस्तै भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष पनि कोरोना पुष्टि भएको छ । यो जनाकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फेसूवूक पेजमा राखिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार