बाँफिकोटको बुरालमष्ट मन्दिरमा लाखौ नगद सहित सुनचाँदि र सिक्का चोरी

मन्दिरमा रहेको काठको दराज फोडेर भित्र राखिएका र मन्दिरको गादी नजिक राखिएका रु. तीन लाख पाँच सय चालिस नगद रुपैँया, २ तोला सुन, ४ तोला चाँदी, १ पाथी रु. १, २ र ५ का अन्दाजी पाँच हजार रुपैँया बराबरका नेपाली सिक्का, विभिन्न देशका ६५ पिस विदेशी मुद्रा चोरी

मुसिकोट । जिल्लाको बाँफीकोट गाउँपालिका वडा नम्वर ५ मा रहेको बुरालमष्ट मन्दिरमा चोरी भएको छ । आईतबार राती मन्दिरबाट लाखौ नगद रकम, सुनचाँदि, स्वदेशी र बिदेशी सिक्का चोरी भएको बुढूमष्ट क्षेत्र विकास कोष बाँफीकोटका अध्यक्ष ध्रुवराज केसीले जानकारी दिनुभयो ।

‘मन्दिरको उत्तरतर्फ रहेको फलामे ढोकाको ग्रिलको कब्जा तोडेर भित्र पसी मन्दिरमा रहेको नगद रुपैँया, सुनचाँदी लगायतका धनदौलतहरुको चोरी भएको छ’ अध्यक्ष केसीले भन्नुभयो, ‘नियमित साँझ र बिहान धूपबत्ती पाठपूजा हुने मन्दिरमा बिहान धूपबत्ती गर्न आउने पुजारीले चोरी भएको थाह पाएर खबर गरेका थिए ।’

मन्दिरमा रहेको काठको दराज फोडेर भित्र राखिएका र मन्दिरको गादी नजिक राखिएका रु. तीन लाख पाँच सय चालिस नगद रुपैँया, २ तोला सुन, ४ तोला चाँदी, १ पाथी रु. १, २ र ५ का अन्दाजी पाँच हजार रुपैँया बराबरका नेपाली सिक्का, विभिन्न देशका ६५ पिस विदेशी मुद्रा चोरी भएको कोषका अध्यक्ष केसीले जनाउनुभयो ।

सोमबार स्थानीय जनप्रतिनिधि तथा इलाका प्रहरी कार्यालय बाँफीकोटको टोली मन्दिर पुगेर चोरी कार्यको छानबिन सुरु गरेको जनाएको छ । चोरी कार्यमा संलग्न व्यक्ति फरार भएको र खोजी भैरहेको प्रहरीले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार