मुसीकोट नगरपालिका र संञ्चारकर्मीका लागी स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग

मुसीकोट नगरपालिका र संञ्चारकर्मीका लागी स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका र नेपाल पत्रकार महासंघ रुकुम शाखालाई ठुलो संख्यामा स्वास्थ्य सुरक्षाका सामाग्री उपलब्ध गराईएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको दोश्रो लहरको कोरोना भाइरस कोभिड-१९ को संक्रमण जोखिमलाई मध्यनजर गर्दै नेपाल ख्रीष्टियन राहत सेवा ललितपुरले मुसिकोट नगरपालिका र नेपाल पत्रकार महासंघ रुकुमलाई बिभिन्न स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग गरेको हो ।

ख्रीष्टियन राहत सेवाले मुसिकोट नगरपालिकाका १४ वटा वडाको लागि फेस सिल्ड ५ सय ओटा, क्लिनकल मास्क २५ हजार, स्याण्ड सेनिटाईजर ५ लिटरको ५० ओटा, हातधुने सावुन ५ हजार ५ सय ५५ ओटा, अक्सिमिटर २० ओटा र सर्जिकल ग्लोब्स २ हजार २५ ओटा लगायतका स्वास्थ्य सामाग्री सहयोग गरेको छ । सामाग्री बुझ्दै नगर प्रमुख देविलाल गौतमले नेपाल ख्रीष्टियन राहत सेवालाई बिशेष धन्यवाद दिनुभएको छ । कोरोना महामारीको लडाईमा सबैको हातेमालोको आवश्यकता रहेको बताउँदै उहाँले बिभिन्न संघ–संस्थाबाट भएको सहयोगले स्थानीय सरकारलाई कोभिड बिरुद्धको लडाईमा जुट्न थप सहयोग पुगेको बताउनुभयो । मुसिकोट नगरपालिकालाई नेपाल ख्रीष्टियन राहत सेवा कार्यालय ललितपुरले गत बर्ष पनि खाद्ययन्न लगायत स्वास्थ्य सामाग्री सहयोग गरेको थियो ।

यस्तै संस्थाले रुकुम जिल्लाका पत्रकारहरुका लागि नेपाल पत्रकार महासंघ जिल्ला रुकुमलाई स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग गरेको छ । रुकुम पूर्व र रुकुम पश्चिमका बिभिन्न संचार माध्याममा काम गर्ने संचारकर्मीको स्वास्थ्य सुरक्षाका लागि आवश्यक स्वास्थ्य सामाग्री सहयोग गरिएको हो । संस्थाले २ सय ४६ ओटा फेस सिल्ड, ६ हजार १ सय ५० ओटा क्लिनिकल मास्क, १ सय २३ ओटा एक सय मिलिलिटरको ह्यान्ट सेनिटाईजर, सर्जिकल ग्लोब्स १ सय २३ जोडा र पिपिई सेट १ सय २३ सेट सहयोग गरेको छ ।

उक्त सामाग्रीहरु मुसिकोट नगरपालिकाको कार्यालय सेरिगाउँमा एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको थियो । कार्यक्रममा मुसिकोट नगरपालिकाका नगर प्रमुख देविलाल गौतम, प्रमुख प्रशासकीय अधिकत नरहरी तिवारी, स्वास्थ्य शाखा प्रमुख मानबहादुर खत्री, नेपाल ख्रीष्टियन राहत सेवा कार्यालयका आपतकालिन प्रतिकार्य तथा समन्वय अधिकृत रुबेन शर्मा, जीविकोपार्जन परियोजना अधिकृत शिव ग्वाछा, नेपाल पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसी, सदस्यहरु परिचन्द्र खत्री, संगम देवकोटा, कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार महेश केसी लगायतको उपस्थिती रहेको थियो ।

यस्तै नेपाल पत्रकार महासंघ रुकुमका अध्यक्ष लक्ष्मण केसीले आफुले संस्थालाई माग गरे अनुसारको सामाग्री पठाईदिएको धन्यबाद दिनुभएको छ । सहयोग प्राप्त स्वास्थ्य सामाग्री आज (बुधबार) रुकुम पुर्व र रुकुम पश्चिममा बिभिन्न सञ्चार माध्याममा कार्यरत पत्रकारलाई बितरण गरिएको र बाँकीलाई भोली पनि बितरण गरिने अध्यक्ष केसीले जानकारी दिनुभयो । उहाँका अनुसार महासंघले जिल्लामा कोरोना दोस्रो भेरियन्ट सुरु भएदेखि पहिलो दोस्रो चरणमा जिल्लामा रहेका सबै पत्रकारलाई स्वास्थ्य सुरक्षाका समाग्री बितरण गरेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार