सेवा निवृत्त प्रधानाध्यापक शर्मा सम्मानित

सेवा निवृत्त प्रधानाध्यापक शर्मा सम्मानित

मुसिकोट । रुकुम पश्चिमको आठविसकोट नगरपालिका-१४ स्थित आर्दश माध्यामिक विद्यालय ज्यामिरकोटबाट सेवा निवृत्त हुनुभएका प्रधानाध्यापक चिन्ताराम शर्मालाई सम्मान गरिएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति रुकुम पश्चिमले प्रधानाध्यापक शर्मालाई सम्मान गरेको हो ।

बिगत लामो समय देखि स्रोतव्यक्ति तथा प्रधानाध्यापक पदमा रहेर अतुलनीय योगदान गरेको भन्दै शुक्रबार खलंगामा एक कार्यक्रमका बिच नेपाल राष्ट्रिय शिक्षक संगठनले शर्मालाई सम्मान गरेको  संगठन सचिव टोप बहादुर हमालले जानकारी दिनुभयो । शर्मा ६ वर्ष अस्थायी र ३३ वर्ष २ महिना स्थायी सेवा गरि जेठ २६ गते सेवा निवृत्त हुनुभएको थियो ।

संगठनका जिल्ला कार्यबाहक अध्यक्ष शारदा डाँगीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय समिति उपाध्यक्ष नन्दराम देवकोटाको प्रमुख आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति सदस्य संगम केसी, जिल्ला समितिका पूर्व अध्यक्षद्वय दामोदर पौडेल , लोकबहादुर केसी, नेपाल शिक्षक महासंघ नगर समिति मुसिकोटका अध्यक्ष कमप्रसाद देवकोटा लगाएतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमको संचालन संगठनका जिल्ला समिति सचिव टोपबहादुर हमालले सञ्चालन गर्नुभएको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार