कर्णाली प्रदेश सरकारले ल्यायो ३६ अर्ब ५४ करोडको बजेट (पूर्णपाठ)

कर्णाली प्रदेश सरकारले ल्यायो ३६ अर्ब ५४ करोडको बजेट (पूर्णपाठ)

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ। प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले कूल ३६ अर्ब ५४ करोड रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको छ । यो बजेट चालु आर्थिक वर्षको भन्दा सवा ३ अर्बले बढी हो।

चालु आर्थिक वर्षका लागि ३३ अर्ब ७४ करोड रुपैयाँ बराबरको बजेट विनियोजन भएको थियो। प्रदेश सरकारले कोभिड उपचार तथा कोभिड खोपलाई बढी प्राथकिता दिँदै बजेट ल्याएको छ। साथै, सडक पूर्वाधार, शिक्षा पूर्वाभार, पर्यटन पूर्वाधार र स्वास्थ्य पूर्वाधारलाई पनि प्राथमिकता राखेको छ।

प्रदेश सरकारले ल्याएको कूल बजेटमा चालु खर्चतर्फ ११ अर्ब ४९ करोड (३१ प्रतिशत) पूँजीगततर्फ २१ अर्ब  ६५ करोड (५९प्रतिशत) र अन्तर वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब  ३९ करोड (१० प्रतिशत) रहेको छ।

सरकारले खर्चको व्यवस्थापनमा भने कर राजस्व परिचालनबाट ६० करोड, राजस्व बाँडफाँडबाट ७ अर्ब ४४ करोड, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानिकरण अनुदानबाट १० अर्ब १४ करोड र चालु आवको विनियोजन रकमबाट १२ अर्ब ९२ करोड बचत हुने अनुमान गरेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार