पहिरोले राप्ती राजमार्ग अवरुद्ध

सडक अवरुद्ध हुँदा दाङ, सल्यान, रोल्पा, रुकुम पुर्व, रुकुम पश्चिम लगाएतका जिल्लाको आवागमन बन्द

पहिरोले राप्ती राजमार्ग अवरुद्ध

सडक अवरुद्ध हुँदा दाङ, सल्यान, रोल्पा, रुकुम पुर्व, रुकुम पश्चिम लगाएतका जिल्लाको आवागमन बन्द

सल्यान । पहिरो आएपछि राप्ती राजमार्ग अन्तर्गतको दाङ–सल्यान सडकखण्ड अवरुद्ध भएको छ । मंगलबार दिउँसो सडक माथिबाट पहिरो आएपछि दाङ-सल्यान सडकखण्डको कपुरकोट गाउँपालिका-३ कपुरकोट बजार देखि करिब एक किलोमिटर नजिकै सडकमाथिबाट आएको पहिरोले सडक पुरिदा मंगलबार दिउँसोदेखि सडक पूर्ण रुपमा अवरुद्ध भएको हो।

सडकमाथिबाट आएको पहिरोले सडक पुरिदा सडक पूर्ण रुपमा अवरुद्ध भएको इलाका प्रहरी कार्यालय लुहामका प्रमुख प्रहरी निरीक्षक श्याम प्रकाश यादबले जानकारी दिनुभएको छ । सडक खुलाउनको लागि स्काभेटर तयारी अबस्थामा भएपनी पानी पर्न नरोकिएको र बाख्लो हुस्सुका कारण रोकिएको नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष नविन पौडेलले जानकारी दिनुभएको छ ।

सडक अवरुद्ध हुँदा दाङ्ग, सल्यान, रोल्पा, रुकुम पुर्व, रुकुम पश्चिम लगाएतका जिल्लाको आवागमन बन्द भएको छ । सडकको वारिपारी सवारी साधनहरु रोकिएका छ्न। यस्तै राप्ती राजमार्ग अन्तरगतका सल्यान खण्डको विभिन्न स्थानमा पनि स-साना पहिरो गएका छ्न।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार