उद्धार र राहतमा जुट्न कार्यकर्तालाई तरुण दलको निर्देशन

उद्धार र राहतमा जुट्न कार्यकर्तालाई तरुण दलको निर्देशन

काठमाडौं । नेपाल तरुण दल केन्द्रीय समितिले आफ्ना सबै कार्यकर्ताहरुलाई बाढी पहिरोबाट विपत्तीमा परेकाहरुको उद्धार तथा राहतको काममा जुट्न निर्देशन दिएको छ । तरुण दल अध्यक्ष जितजंग बस्नेतले सबै जिल्ला समितिहरुलाई परिपत्र गर्दै सुरक्षा निकाय र स्थानीय तहसँग समन्वय गरी उद्धार तथा राहतको काममा जुट्न निर्देशन दिएका हुन् ।

‘आफ्नो जिल्ला, क्षेत्रमा हुन् सक्ने विपद जोखिमको पूर्वानुमान गरी सचेत रहन र अरुलाई पनि सचेत गराउन, जोखिममा रहेका बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न, उद्धार र राहत वितरण कार्यमा जुट्न जिल्ला एवं स्थानीय तहका सम्पूर्ण तरुण युवा साथीहरुलाई नेपाल तरुण दल केन्द्रीय समिति निर्देशन गर्दछ,’ परिपत्रमा लेखिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार