जनचेतना जगाउँदै रुकुम प्रहरी

जनचेतना जगाउँदै रुकुम प्रहरी

मुसिकोट । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जिल्लाका बिभिन्न स्थानहरुमा सचेतनामुलक कार्यक्रमहरु संचालन गरिरहेको छ । समुदाय प्रहरी साझेदारी अन्तर्गत कार्यालयले जनचेतामुक कार्यक्रम गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

बिश्वमा महामारीको रुपमा फैलिएको कोराना भाइरसबाट बच्ने उपायहरु, लैङ्गिक हिंसा न्युनिकरण, सार्वजनिक स्थल तथा सवारी साधनमा महिला बालवालिका र जेष्ठ नागरिकहरुलाई हुने यौनजन्य हिंसा तथा अन्य दुव्र्यवहार बारेमा सचेतना बढाउने उद्धेश्यले जिल्ला प्रहरी कार्यालयले उक्त अभियान चलाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरिक्षक ध्रुव कुमार श्रेष्ठले बताउनुभयो ।

बुधबार मुसिकोट नगरपालिकाको वडा नम्वर ४ स्थित सोलाबाङमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । सोलाबाङममा भएको कार्यक्रममा वडा अध्यक्ष निर्मल कुमार पुन, जनप्रतिनिधिहरु, व्यापारी, स्थानीयवासीको सहभागिता रहेको थियो ।

यसैगरी मंगलबारका दिन मुसिकोट नगरपालिका वडा नम्वर ७ स्थित वडा कार्यालयको सभा हलमा उक्त कार्यक्रम गरिएको थियो । वडा अध्यक्ष हिम बहादुर पाण्डेको प्रमुख आथित्यतामा भएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक ध्रुव कुमार श्रेष्ठ, जनप्रतिनिधीहरु, प्रहरी, शिक्षक तथा सर्वसाधारण नागरिको सहभागितामा रहेको प्रहरी निरक्षिक शाहिले जनाउनुभयो ।

जनचेतना कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक ध्रुव कुमार श्रेष्ठ र साझा मुराल हस्पिटल प्रा.लि.का डा. दिपक पुनले स्वास्थ्य सुरक्षा, कोराना यसका असर र बच्ने उपाय, लैंगिक तथा यौनजन्य हिंसा, कानूनी व्यवस्था लगायतका बिषयमा सहजिकरण गर्नुभएको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कपिल शाहीले बताउनुभयो ।

अभियान अन्तर्गत मास्क र चेतनामुलक पम्पलेटहरु समेत बितरण गरिएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार