अझै भेटिएनन् जलजला पाटनमा बेपत्ता सात जना

Duduwa Corona

अझै भेटिएनन् जलजला पाटनमा बेपत्ता सात जना

  • 208
    Shares

जाजरकोट । जलजला पाटनमा गोठ लिएर गएका कुशे गाउँपालिका वडा  नं ८  र ९ का  सात जना बेपत्ता  भएका छन्।  मङ्गलबार बेलुकीदेखि जलजला पाटनमा आएको हावाहुरीबाट बेपत्ता भएका सात जना अहिलेसम्म सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ।

वडा ८ का बेपत्ता हुनेहरुमा दिलबहादुर खड्का, विक्रम खडका, चन्द्रा खड्का, भविन्द्र खड्का, मीम खड्का, धनसरा खड्का र  वडा नं ९ का कृष्ण रोकाय रहेको प्रहरी नायब उपरीक्षक मधु थापाले बताए।

त्यस्तै हावाहुरीबाट ज्यान बचाउन सफल चार जना सम्पर्कमा आएको प्रहरीले जानकारी दिएको छ। सम्पर्कमा आउनेहरुमा भक्तबहादुर रोकाय, इश्वर रोकाय, दुर्गा रोकाय र गङ्गा खड्का रहेका छन्।

त्यस्तै जलजला पाटनमा २२ गाई, १० भैँसी र ५० बाख्रा मरेको प्रहरीले बताएको छ। आज बिहान मात्र घटनाको बारेमा जानकारी आएका कारण प्रहरी जलजला पाटनतर्फ लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार