जिल्ला अस्पतालमा आकस्मिक रक्त संचार सेवा केन्द्र सुचारु हुने

जिल्ला अस्पतालमा आकस्मिक रक्त संचार सेवा केन्द्र सुचारु हुने

मुसिकोट ।  जिल्ला अस्पताल सल्लेमा आकस्मिक रक्त संचार सेवा केन्द्र सुचारु हुने भएको छ ।

जिल्लामा ब्लड बैंक नहुँदा बिरामीहरुमा परेको असुविधालाई मध्यनजर गर्दै स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिम र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुकुम पश्चिमले आकस्मिक रक्त संचार सेवा केन्द्र सुचारु गर्ने भएका हुन् ।

बिहिबार स्वास्थ्य सेवा कार्यालयमा बसेको बैठकले स्वास्थ्य कार्यालय र रेडक्रसको सयुक्त संचालन तथा व्यबस्थापनमा आकस्मिक रक्त संचार सेवा केन्द्र सुचारु गर्ने निर्णय भएको स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यबस्थापक बिष्णुबहादुर बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार सेवा केन्द्रका लागि स्वास्थ्य सेवा कार्यालयले जनशक्ति र भौतिक संरचनाको व्यबस्थापन गर्ने  र रेडक्रसले ब्लड ब्याग, सर्टिफिकेट र फाईलहरु उपलब्ध गराउने निर्णय भएको छ ।

बैठकमा हाल सम्म रक्त संचार सेवा केन्द्रको लागि भएका प्रयासहरुको बारेमा समेत छलफल भएको नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिमका सभापति रमा गौतमले जनाउनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार