अवरुद्ध बनेको रुकुमको बिद्युत लाईन पुनः सुचारु

अवरुद्ध बनेको रुकुमको बिद्युत लाईन पुनः सुचारु

मुसिकोेट । रुकुम पश्चिममा अवरुद्ध भएको बिद्युत पुनः सुचारु भएको छ । बिहिबार दिउँसो देखि अवरुद्ध भएको बिद्युत शुक्रबार दिउँसो सुचारु भएको हो ।

लगातारको बर्षाको कारण सल्यानको बांगेलाकुरी र खौलाको बिचमा पर्ने लौराबांग खोला नजिक पहिरोले पोल ढालेपछि तारमा असर परेकोले रुकुम आउने बिद्युत अवरुद्ध भएको र आज दिउँसो १ बजे पुनः सुचारु भएको नेपाल बिद्युत प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्रका प्रमुख त्रिलोचन भट्टराईले बताउँनुभयो ।

हिजो दिउँसो अबरुद्ध भएको बिद्युत बेलुका सुचारु भएको र राती २ बजे पुनः पहिरोका कारण पोल ढलेपछि तारमा असर परेकोले अवरुद्ध भएको थियो । कर्मचारीहरुलाई तत्कालै फिल्डमा पठाएर समस्या समाधान गरिएको प्रमुख भट्टराईले जनाउनुभयो ।

केहि दिन देखि लगातार परेको बर्षाको कारण देशका बिभिन्न स्थानमा बिद्युत लाईन अवरुद्ध हुने गरेको छ । बिद्युत अनियमितताको कारण बिभिन्न निकाय र सर्वसाधारणहरु मारमा पर्दै आएका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार