कोेरोना संक्रमणका कारण पूर्वसञ्चार राज्यमन्त्री तप्त बिष्टको निधन

कोेरोना संक्रमणका कारण पूर्वसञ्चार राज्यमन्त्री तप्त बिष्टको निधन

काठमाडौँ । पूर्वसञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टको निधन भएको छ । कोेरोना भाइरस संक्रमणका कारण बिष्टको आइतबार बिहान निधन भएको हो ।

सुर्खेतको पश्चिम तातोपानी स्थायी घर भएका बिष्ट पूर्व सञ्चार राज्यमन्त्री हुनुहुन्छ । उहाँ नेपाली कांग्रेस सुर्खेत जिल्लाका पूर्व सभापति समेत हुनुहुन्छ ।

बिष्टलाई कोभिड १९ संक्रमण भएपछि हेलिकोप्टरमार्फत थप उपचारको लागि काठमाडौँ ल्याइएको थियो । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेकामा अवस्था थप जटिल बनेपछि काठमाडौँको मेडिसिटी अस्पताल ल्याएर उपचार थालिएको थियो ।

उपचारकै क्रममा उहाँको मृत्यु भएको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार