चितवन र बुटवलमा आजदेखि काेराेना परीक्षण गर्ने तयारी

चितवन र बुटवलमा आजदेखि काेराेना परीक्षण गर्ने तयारी

चैत २३ काठमाडौ

सरकारले आजदेखि  चितवन र बुटवलमा पनि कोरोना भाइरस (कोभिड १९) को परीक्षण गर्ने तयारी गरेको छ ।

यसअघि जनकपुर, धरान, हेटौँडा, पोखरा, धनगढी र सुर्खेतमा परीक्षण सुरु गरेको सरकारले आजदेखि चितवन र बुटवलमा पनि कोरोना परीक्षण गर्ने तयारी गरेको हो ।

योसँगै अझै धेरै जनाको कोरोना परीक्षण गर्न सकिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले यसअघि विदेशबाट आएकाहरुमा मात्र कोरोना देखिएको र अब नेपालमै रहेकामा पनि सङ्क्रमण देखिएकोले कोरोना सङ्क्रमणको दोस्रो चरणमा प्रवेश गरेको भन्दै थप सजकता अपनाउन अनुरोध गर्नुभएको छ ।

कोरोना एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले थप सावधानी अपनाउन देवकाेटाकाे सुझाव छ । विशेषगरी विदेशबाट आएकाहरुलाई केही समय परिवारबाट अलग्गै बस्न उहाँले आग्रह गर्नुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार