अष्ट्रेलियामा नेपाली विद्यार्थीको अवस्था नाजुक, नेपाल सरकारलाई तत्काल कदम चाल्न आग्रह

अष्ट्रेलियामा नेपाली विद्यार्थीको अवस्था नाजुक, नेपाल सरकारलाई तत्काल कदम चाल्न आग्रह

चैत २३  काठमाडौं

सरकारले तत्काल गम्भीर कदम नचाले अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीहरुको अवस्था थप नाजुक बन्ने देखिएको छ ।

अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले अष्ट्रेलियामा अध्ययनरत विद्यार्थीहरुलाई परिवारको सहयोग माग्न या अष्ट्रेलिया छाड्न आह्वान गरेपछि भर्खरै अष्ट्रेलिया उत्रिएका विदेशी विद्यार्थीहरू मारमा परेका छन् । यससँगै नेपाली विद्यार्थी पनि संकटमा परेका छन् ।

 

फ्रेब्रुअरी र मार्च महिनामा अष्ट्रेलियामा विद्यार्थीहरुका लागि नयाँ सेशन सुरु हुने गर्छ । सोही कारण हालसालै मात्र त्यहाँ पुगेका ३० हजार बढी विद्यार्थीहरुको भीडमा नेपाली विद्यार्थीको संख्या पनि उल्लेख्य छ ।

 

‘तर आउनेबित्तिकै कामदेखि कोठासम्मको समस्याको सामना गर्नु परिरहेको छ नेपाली विद्यार्थीहरुले,’ अष्ट्रेलियाको क्वीन्सल्याण्डस्थित ब्रिसबेनमा रहेका नेपाली विद्यार्थी एवं नेपाली समाजका अगुवा सिद्धार्थराज भण्डारीले नेपालको  न्यूज २४ संग कुरा गर्दै भन्नुभयो, ‘यो अकल्पनीय अवस्थाबाट उनीहरुलाई बचाउन पहल गर्न आवश्यक भइसकेको छ ।

 

कोरोना भाइरस कोभिड १९ को संक्रमणले विश्वले नै समस्या भोगिरहँदा अष्ट्रेलिया पनि चपेटामा छ । वल्र्डो मिटर्स डट इन्फोका अनुसार आइतबार बिहानसम्ममा अष्ट्रेलियामा कोरोना भाइरस संक्रमितको संख्या ५ हजार ६ सय ३५ पुगिसकेको छ भने ३४ जनाको मृत्यु भइसकेको छ ।

 

पछिल्लो समय हरेक राज्यमा कडाइ थालेको अष्ट्रेलिया सरकारले कोरोना जोखिम बढ्न नदिन कुनै कुनै राज्यमा २ जना भन्दा बढी हिँड्न नपाउने नियम लागू गरेकाे छ । यदि त्यसरी हिँडेको खण्डमा ठाउँको ठाउँ ‘अन द स्पट’ २ हजार डलर जरिवाना लगाउने निर्णय गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार