जनशक्तीको प्रभावकारी परिचालनबाट कोरोना नियन्त्रणमा सहयोग पुगेको छ : भूपाल सिं बिष्ट

सानीभेरी गाउँ पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सँगको संवाद

जनशक्तीको प्रभावकारी परिचालनबाट कोरोना नियन्त्रणमा सहयोग पुगेको छ : भूपाल सिं बिष्ट

सानीभेरी गाउँ पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सँगको संवाद

भूपाल सिं बिष्ट सानीभेरी गाउँपालिका रुकुम पश्चिमको निमित्त प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ । कोरोना संक्रमण रोकथाम, न्यूनिकरण तथा उपचारमा गाउँपालिकाले गरेका कार्यहरु, आगामी बर्षका बजेट तथा योजनाका बिषयमा उहाँसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

       -सानीभेरी गाउँपालिकाले कोरोना संक्रमण रोकथाम, न्यूनिकरण तथा उपचारको लागि के कस्तो काम गरिरहको छ ?
सानीभेरी गाउँपालिकाले कोरोना संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि निम्ननुसारको काम गरेको छ ।
सानीभेरी गाउँपालिकामा रहेका सबै स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यजन्य सामाग्रीहरुको व्यवस्था गरेको ।
सबै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्य चौकी प्रमुख¸ अनमी र कार्यालय सहयोगीहरुलाई संक्रमण रोकथाम तथा नियन्त्रण संगै अस्पताल जन्य फोहफरमैला व्यवस्थापन सम्बन्धी तालिम संचालन गरीएको ।
कोभिड-१९ पोजेटिभ भएका व्यक्तीहरुको अक्सिजनको मात्रा कम भई गम्भिर भएकाहरुलाई आइसोलेशन वार्डमा राखिर उपचार गरिएको ।
जनचेतनामुलक प्रचार प्रसार लगायतका कार्यक्रमहरु सञ्चालन गरिएको ।
नियमित रुपमा एन्टिजिन परीक्षण गरिएको ।

संक्रमित भएका सामान्य विरामीहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा होम आइसोलेशनमा राखिएको ।

कोरोनाको दोस्रो भेरियन्ट सुरु भएको अवस्थामा जिल्लाका अधिकाश पालिका भित्रका नागरिकले अक्सिजन नपाएर अकालमै ज्यान गुमाउनुपर्ने अवस्था आएको थियो । तपाईको पालिकाको अवस्था कस्तो छ ? अक्सिजनको व्यवस्थापन कसरी गरिरहनुभएको छ ?

सानीभेरी गाउँपालिकामा अक्सिजन नपाएर हालसम्म कसैले पनि अकालमै ज्यान गुमाउनु परेको स्थिति छैन । हामीले अक्सिजनको अभाव हुन नदिन ४६ वटा अक्सिजन सिलिन्डर खरिद गरेका छौ । हाल ४४ वटा अक्सिजन सिलिन्डर र २ वटा अक्सिजन कन्सन्ट्रेटर हामीसँग जगेडा छन । हाल सानीभेरी गाउँपालिकामा अक्सिजनको अभाव छैन ।

     -पछिल्लो समय गाउँघरमा निषेधाज्ञा फितलो हुँदा कोरोना संक्रमण थप फैलिएको भन्ने गुनासो छ । यसलाई कडाइ गर्न जरुरी छ कि छैन ?

सुरु सुरुमा सङ्क्रमितहरुको संख्या बढेको भएतापनि हाल सङ्क्रमण दर निकै घटिसकेको छ ।  विशेषगरी गाउँघरमा निषेधाज्ञालाई पूर्ण रुपमा कार्यान्वयन गर्न सकिएको छैन । गाउँघरमा कृषि लगायत अन्य विकास निर्माणका कामहरु पनि संचालन भैरहेकाले निषेधाज्ञालाई कडाइका साथ लागु गर्न सकिएको छैन । यद्यपी उक्त कार्यहरु गर्दा स्वास्थ्य सुरक्षाका मापदण्डहरुलाई पूर्ण रुपमा पालना गर्न निर्देशन दिइएको छ ।

    -गाउँपालिकाको सानो बजेटले कोरोना नियन्त्रण गर्न सम्भव होला त ? कोरोना रोकथाम नियन्त्रण र उपचारमा संघ र प्रदेश सरकारबाट के कस्ता सहयोग पाउँनुभएको छ ?

सिमित आर्थिक श्रोतको बावजुद पनि सानीभेरी गाउँपालिकाले कोरोना नियन्त्रणको प्रयास हालसम्म गरिरहेको छ । सबै तहका सरकारको सहयोग र साझेदारी एवम् समन्वय आवश्यक छ । सानो बजेटले कोरोना नियन्त्रण गर्न अप्ठेरो भएतापनि जनशक्तीको प्रभावकारी परिचालनबाट नियन्त्रणमा सहयोग पुगेको छ । हालसम्म कोरोना रोकथाम र नियन्त्रणका लागि संघीय र प्रदेश सरकारबाट कुनै पनि किसिमको आर्थिक सहयोग चालु आर्थिक वर्षमा प्राप्त भएको छैन । गाउँपालिकाकै प्रकोप व्यवस्थापन कोषबाट कोरोना संक्रमण रोकथाम र नियन्त्रण लागि बजेट व्यवस्थापन गरिएको छ ।

    -गत बर्ष कोरोना कहरकै बिचमा पनि तपाईहरुले नगरमा दैनिक ज्याला मजदुरी गर्ने मानिसहरुलाई खाद्यन्न वितरण गर्नु भएको थियो । यसपालि भयो कि भएन ?

गत आ.व.मा अति विपन्न नागरिकर दैनिक ज्यालामा काम गर्ने मजदुरहरुका लागि खाद्यान्न लगायत आवश्यक अन्य सामग्रीहरु वितरण गरिएको थियो । तर यस आ.व.मा हालसम्म यस्तो प्रकृतिको कुनै राहत वितरण गरिएको छैन ।

   -अन्तमा केहि भन्न चाहनुहुन्छ ?

अहिले विश्व नै कोभिड-१९ को संक्रमणबाट आक्रान्त भएको छ । सानीभेरी गाउँपालिकामा पनि संक्रमण दर उच्च रहेको छ । त्यसैले सानीभेरीबासी सम्पुर्ण जनतालाई निशेधाज्ञाको पूर्ण रुपमा पालना गरी दैनिक कामहरु संचालन गर्न र कोभिड विरुद्धको लडाईमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्न अनुरोध गर्दछु ।

 

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार