आठबिसकोटका बादी समुदायमा खाद्यन्न अभाव भएपछि वडा अध्यक्ष शाहीद्धारा राहत वितरण

आठबिसकोटका बादी समुदायमा खाद्यन्न अभाव भएपछि वडा अध्यक्ष शाहीद्धारा राहत वितरण

आठबिसकोट । कोरोना भाइरस संक्रमणको कारण जारी भएको निषेधाज्ञाको कारण बादी समुदायमा परेको खाद्यन्न अभावलाई मध्यनजर गरेर रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष तारक शाहिले राहत वितरण गर्नुभएको छ ।

कोरोना संक्रमणको जोखिमका कारण निषेधाज्ञा जारि गरिएको यहाँका बादी समुदायमा खाद्यन्न अभाव हुन थालेपछि राहत उपलब्ध गराईएको वडा अध्यक्ष शाहिले बताउनुभयोे । वडाअध्यक्ष शाहीले ब्यक्तिगत सहयोगमा यहाँका १८ घर परिवारलाई राहत स्वरुप चामको एक एक बोरा उपलब्ध गराउनुभएको हो ।

वडा नम्बर ९ स्थित राडिमा बसोबास गर्दै आएका उनीहरु दैनिक रुपमा मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका थिए । निषेधाज्ञाको कारण मजदुरी गर्न नपाएका उनीहलाई दैनिक छाक टार्न मुश्किल हुँदै आएको छ । यहि अवस्था रहि रहेमा विपन्न परिवारमा भोकमरीको हुन सक्ने बताइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार