ढिस्कोले पुरिँदा सप्तरीमा दुई बालकको मृत्यु

Corona-Ad-Raptisonari

ढिस्कोले पुरिँदा सप्तरीमा दुई बालकको मृत्यु

२३ चैत, सप्तरी । सप्तरीमा खेल्ने क्रममा आइतबार दिउँसो दुई जना बालकको ढिस्कोले पुरिएर मृत्यु भएको छ । अग्निसाइर कृष्णा सावरण गाउँपालिका-६ मोहनपुरका दुई बालकको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय दिलबहादुर मगरको ५ वर्षीय छोरा निकेश मगर र उमेश खड्काका ६ वर्षी संजीव खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

स्थानीय गौरी खोलमा खेल्न गएका दुवै बालक ढिस्कोले परिएको र दुवैको घटनास्थलमै मृत्यु भएको हो । घट्नाबारे थप अनुसन्धान भइरहेको नायव उपरीक्षक भारतीले बताए ।

Dunduwa Ad
Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार
Corona Ad Narainapur

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार