देशका अधिकांश स्थानमा वर्षा हुने, सतर्कता अपनाउन महाशाखाको अनुरोध

देशका अधिकांश स्थानमा वर्षा हुने, सतर्कता अपनाउन महाशाखाको अनुरोध

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश स्थानमा पानी पर्नेछ। महाशाखाका अनुसार आज प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुनसक्नेछ। त्यस्तै प्रदेश २ र बागमती प्रदेशका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको छ।

आज देशका अधिकांश स्थानमा बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी पर्ने छ । आज राति प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।

शनिबार बिहानैदेखि प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा पानी परिरहेको महाशाखाले जनाएको छ।

आगामी २४ घण्टामा प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना छ । त्यस्तै प्रदेश २ र बागमती प्रदेशका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

भोलि आइतबार देशभर बदली रही प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी पर्ने छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भने भारी वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा भने अति भारी वर्षाको सम्भावना छ ।

त्यस्तै सोमबार देशका अधिकांश स्थानमा बदली रही धेरै स्थानमा पानी पर्ने छ । प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका केही स्थानमा भने भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

 

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार